सूचना
गाउँपालिकाको गौरवको योजना चौतरा-नेटा-लोक्मा-देउराली खण्डको २ करोड ३९ लाखको सडकको स्तरोन्नती |
रूरूक्षेत्र गाउँपालिकाको वडा पहुँच मार्ग स्तरोन्नती गर्ने कार्यक्रम अन्तर्गत गाउँपालिकाको गौरवको योजना चौतरा-नेटा-लोक्मा-देउराली खण्डको २ करोड ३९ लाखको सडकको स्तरोन्नती (कालोपत्रे र ग्राभेल) गर्ने कार्य आज मिति २०८०/०८/२४ गते गाउँपालिका अध्यक्ष यदु ज्ञवालीज्यूबाट योजनाको जानाकारी गराउने कार्यक्रम सहित शिलान्यास गर्ने कार्य सम्पन्न भयो ।